
बिएल संवाददाता
मलेसियामा जारी आईसीसी यु-१९ महिला टी-२० विश्वकपमा स्कटल्याण्डसँग नेपाल १ विकेटले पराजित भएको छ।
नेपालले दिएको ७४ रनको सामान्य लक्ष्य स्कटल्याण्डले १८ ओभर ४ बलमा ९ विकेट गुमाएर पूरा गर्यो। जितको मुखमा पुगिसकेको नेपालले अन्तिम समयमा सम्हालिन नसक्दा खेल गुमायो।
स्कटल्याण्डका लागि पिपा स्प्रोलले सर्वाधिक ३५ रन बनाउँदै टिमलाई जिततर्फ डोहोर्याइन्। त्यस्तै ग्याब्रियला फन्टेलाले १० रन बनाइन्
बलिङमा नेपालका रचना चौधरी र सिमना केसीले समान २/२ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाली टोलीले १८ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ७३ रन मात्र बनाउँन सक्यो। नेपालका लागि पूजा महतोले २७ र सावित्रा धामीले १० रन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
बलिङमा स्कटल्याण्डका लागि मैसी म्याकेरिया एक्लैले ५ विकेट लिइन्।
हारसँगै नेपालको सुपर सिक्समा पुग्ने अवसर पनि गुमेको छ।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया