बिएल संवाददाता
गायिका एलिना चौहानले प्रेम सम्बन्धमा हुँदा पनि खटपट हुने गरेको अवस्थामा विवाह गर्नु हतारको निर्णय भएको बताएकी छन्।
काठमाडौं जिल्ला अदालतमा पति विष्णु सापकोटासँग सम्बन्धविच्छेदको मुद्दा दायर गरेको भोलिपल्ट शनिबार सामाजिक संजालमा भिडियो शेयर गर्दै उनले अनुभवबाट सिकेर नयाँ जिन्दगी सुरुवात गर्न चाहेको बताएकी हुन्।
उनले परिवार र आफूहरू दुवैजनाको राम्रोसँग कुरा गरेर सम्बन्ध विच्छेदको निर्णयमा पुगेको बताएकी छन्।
‘कसैले पनि बिहे डिभोर्स हुन्छ भनेर गरेको हुन्न। सात जुनीसम्म हुन्छ भनेर गरेको हुन्छ। बाबुआमाले पनि मुटु फुटाएर डिभोर्स होस् भन्ने चाहँदैनन्,’ उनले भनिन्, ‘समय बित्ददै जाँदा सहन सकिन। उहाँका अपेक्षा मैले पुरा गर्न सकिन।’
'डिभोर्स' चर्चाबारे गायिका एलिना चौहानले रुँदै भनिन्- खटपट हुँदाहुँदै बिहे गर्नुचाहिँ हतारको निर्णय थियो- भिडियो-
उनले पति विष्णु सापकोटालाई पनि गाली नगर्न पनि आग्रह गरिन्। उनले आफूले आफैं आफ्नो जिन्दगी बिगारेको पनि बताएकी छन्।
उनी भन्छिन्, ‘आफूले माया गरेको मान्छेलाइ गाली गर्दा आफूले गाली खाएको भन्दा धेरै पीडा हुने रहेछ। मलाई यो समयमा साथ दिनूस तर उहाँलाई नराम्रो नभन्नुहोला। गाली नगर्नुहोला। मैले आफैं जिन्दगी बिगारेको हो। उहाँले पनि म कलाकार हो भन्ने थाहा पाउँदा पाउँदै विवाह गर्नुभएको हो।’
त्यस्तै उनले युटुबरतर्फ लक्षित गर्दै आफ्नो निजी कुरालाई कमाइ खाने भाँडो नबनाउँन आग्रहसमेत गरेकी छन्।
उनी भन्छिन्, ‘मेरो व्यक्तिगत कुरालाई कमाइ खाने भाँडो नबनाउनुहोला । मजाकको पात्र नबनाउनुहोला। आफ्नो चेली छोरीलाई सम्झनुहोला। यो कुरालाई इग्नोर गरेर अघि बढेको राम्रो हुन्छ। अरु मसँग केही बोल्न शब्द छैनन्।’
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया