बिएल संवाददाता
त्रिकोणात्मक महिला टी-२० सिरिजअन्तर्गत बुधबारको खेलमा नेपाल नेदरल्यान्डससँग १० विकेटले पराजित भएको छ।
त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १४६ रनको लक्ष्य नेदरल्यान्ड्सले १९.४ ओभरमा बिना विकेट क्षतिमा पूरा गर्यो।
नेदरल्यान्डसका लागि ओपनरद्वय स्टेर्र लरेन कालिस र फेबे मोल्केन्बोरले क्रमशः ९८ र ४८ रनको अविजित पारी खेले।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १४५ रन बनाएको थियो। यो त्रिवि क्रिकेट मैदानमा नेपाली महिला टिमले बनाएको हालसम्मकै उच्च स्कोर हो।
नेपालका लागि पूजा महतोले अविजित ६२ रन बनाइन्। त्यस्तै कप्तान इन्दु बर्माले ३७ बलमा ३९ रन बनाउँदा रुबिना क्षेत्रीले १६ बलमा २० रन बनाइन्।
बलिङमा नेदरल्यान्डसकी आइरिस ज्विलिङले २ विकेट लिइन्।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया