बिएल संवाददाता
महिलालाई लाग्ने विभिन्न किसिमका क्यान्सरहरूविरुद्ध जनचेतना जगाउने उद्देश्यले ‘पिंक केयरथन म्याराथन’ प्रतियोगिता आयोजना हुने भएको छ।
आगामी चैत ९ गते (मार्च २२)मा प्रतियोगिता आयोजना हुने आयोजक लिजरपोर्ट नेपालले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो। प्रतियोगिता जावलाखेल खेल मैदानबाट सुरु हुनेछ।
सन २०१७ देखि सुरु गरिएको प्रतियोगिताको यो पाचौं संस्करण हो। प्रतियोगिताका उत्कृष्ट तीन विजयीहरूलाई ५१ हजार, ३१ हजार र २१ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ।
अन्य विधामा विजयीहरूका लागि आकर्षक पुरस्कारहरूको व्यवस्था गरिएको आयोजक लिजरपोर्ट नेपालका प्रमुख नवराज जोशीले जानकारी दिए।
कार्यक्रममा एथलिट सन्तोषी श्रेष्ठ, अभिनेत्री उषा रजकलगायतले महिलालाई क्यान्सर रोगको जोखिमबाट जोगाउन यस्ता कार्यक्रम फलदायी हुने विचार राखेका थिए।


यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया