बिएल संवाददाता
साहित्यकार लक्ष्मीलोचना वैद्यद्वारा लिखित उपन्यास ‘ऋतु’को विमोचन भक्तपुर दरबार स्क्वायरस्थित ख्वपछें रेष्टुरेन्टमा सम्पन्न भएको छ।
बुक्स हिमालयद्वारा प्रकाशित उक्त कृतिको विमोचन प्राडा. खगेन्द्रप्रसाद लुइटेल, सिर्जना अभियान समाजका अध्यक्ष धनमान श्रेष्ठ, समाजका सचिव तथा वरिष्ठ लघुकथाकार ध्रुव मधिकर्मी, नाटककार एवं कवि राम केएसी, बुक्स हिमालयका रोमन शाक्य, लेखकका श्रीमान् यज्ञश्वर जोशी तथा स्वयं लेखक लक्ष्मीलोचना वैद्यले संयुक्त रूपमा गरेका हुन्।
कार्यक्रममा वक्ताहरूले नेपाली साहित्यमा वैद्यको योगदानको चर्चा गर्दै ‘ऋतु’ उपन्यासले पाठकमा नयाँ अनुभूति दिने विश्वास व्यक्त गरे।
प्रकाशक बुक्स हिमालयका प्रतिनिधि रोमन शाक्यले पुस्तकको महत्त्व र बजार विस्तारबारे प्रकाश पार्दै आगामी दिनमा यस्ता सिर्जनात्मक कृतिहरूलाई प्रवर्द्धन गर्दै जाने बताए।
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया