बिएल संवाददाता
प्राज्ञ डा. जगमान गुरुङको निमन्त्रणामा पूर्वराजा ज्ञानेन्द्र शाह आज गोरखा जाँदैछन्। उनलाई स्वागत गर्नका लागि पूर्वी नेपाल र पोखरालगायतका क्षेत्रबाट ठूलो संख्यामा समर्थकहरू गोरखा पुगिसकेको गुरुङले जनाएका छन्।
एक महिनाजति पोखरातिरै घुमेर ज्ञानेन्द्र गत फागुन २५ गतेमात्रै काठमाडौं फर्किएका हुन्। गोरखकाली, गोरखनाथ तथा मनकामनालगायतका मन्दिर दर्शन गर्न लागेका ज्ञानेन्द्रले गोरखाको गोरखकाली मन्दिरमा शनिबार पूजाआजा गर्नेछन्। यो शाह पूर्खाको कूल मन्दिर मानिन्छ।
डा. गुरुङ भर्खरैमात्र नवराज सुवेदीको नेतृत्वमा गठित राजावादी समूहमा पनि छन्। साताव्यापी भनिएको ज्ञानेन्द्र शाहको यो भ्रमणको सबै व्यवस्थापन उनले गरेका छन्। डा. गुरुङलाई २०७५ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्राज्ञप्रतिष्ठानको उपकूलपतिमा नियुक्त गरेका थिए।

पूर्व राजा ज्ञानेन्द्र शाहको गोरखा भ्रमण र उनको पूजाआजाबारे डा. गुरुङले सामाजिक सञ्जालबाट जानकारी दिएका छन्।
‘गोरखा दरबार भनेको श्री ५ हरूको आफ्नो घर, आफ्नो दरबार हो। त्यसकारण श्री ५ ज्ञानेन्द्रले जुन सुकै अवस्था र बेलामा पनि गोरखा दरबार प्रवेश गरिबक्सेर आफ्ना कुलदेवी गोरखकालीको दर्शन,पूजन गर्न सकिबक्सन्छ’ उनले भनेका छन् ‘यसमा पनि २०८१ चैत ९ गते, शनिवार।चैत्रकृष्णअष्टमी गोरखकालीपूजाको पर्व हो। अत: २०८१ चैत ९ गते, शनिवार। चैत्र कृष्णअष्टमीका दिन श्री ५ ज्ञानेन्द्र सरकारवाट गरिबक्सने गोरखकालीपूजालाई शुक्र अस्तको दोष लाग्दैन।बौद्धतन्त्र अनुसार गरिने वज्रभैरवको पूजा त अझ सम्पूर्ण ग्रह गतिको अशुभ फल र दोष मेटाउने पूजा हो।’
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया