बिएल संवाददाता
वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको ७९ वर्षको उमेरमा निधन भएको छ।
हृदयघातका कारण शनिबार बिहान काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उनको निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको छ।
गोरखापत्र संस्थान र राष्ट्रिय समाचार समिति (रासस)का पूर्वअध्यक्ष समेत रहेका बस्नेतप्रति कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री गगन थापासहितका नेताहरूले श्रद्धाञ्जली दिए।
शनिबार कांग्रेस पूर्वमहामन्त्री सिंह, उपसभापति धनराज गुरुङसहितका नेताले पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउँदै अन्तिम श्रद्धाञ्जली दिएका हुन्।
भक्तपुरको सूर्यविनायक नगरपालिका-८ निवासी बस्नेतलाई बिहीबार राति घरमै हृदयघात भएपछि अस्पताल भर्ना गरिएको थियो।
उनको अन्त्येष्टि शनिबार दिउँसो पशुपतिस्थित आर्यघाटमा गरिने भएको छ। बस्नेतका श्रीमती, एक छोरा र एक छोरी छन्। बस्नेत नेपाली कांग्रेसमा रहेर विभिन्न चरणका आन्दोलनहरूमा सहभागिता जनाएका थिए।
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया