बिएल संवाददाता
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागले वाकीटकी प्रयोगमा कडाइ गरेको तर प्रतिबन्ध नलगाएको स्पष्ट पारेको छ।
वाकीटकी लगायतका रेडियो फ्रिक्वेन्सीका लागि विभिन्न वेबसाइट तथा सामाजिक सञ्जाल लगायतका माध्यमहरू मार्फत् विज्ञापन गरिएको पाइएपछि त्यसलाई रोक्न मात्र खोजिएको विभागका इलेक्ट्रोनिक इन्जिनियर भरत दानकोटीले बताए।
‘हामीले वाकीटकीमा प्रतिवन्ध लगाउन खोजेको भन्ने सन्देश बाहिर गएछ। त्यसो गर्न खोजिएको होइन। विभिन्न वेबसाइट तथा सामाजिक सञ्जाललगायतका माध्यमहरूमार्फत विज्ञापन समेत गरी बेचबिखन भइरहेको जानकारी आएपछि त्यसलाई नियन्त्रण गर्न खोजेका हौं,’ उनले भने।
वाकीटकीलगायतका रेडियो यन्त्रहरू अवैधानिक रूपमा लाइसेन्स नलिई बजारमा तथा अनलाइन माध्यमबाट बिक्री वितरण तथा प्रयोग भइरहेको पाइएपछि रोक्ने प्रयास गरिएको उनले बताए।
नेपालमा वाकीटकीलगायतका रेडियो फ्रिक्वेन्सी प्रयोग भई सञ्चालन हुने रेडियो यन्त्रहरूको आयात गर्न, बिक्री वितरण गर्न, राख्न तथा प्रयोग गर्नका लागि रेडियो ऐन, २०१४ तथा रेडियो (सञ्चार)लाइसेन्स नियमावली, २०४९ बमोजिम लाइसेन्स लिनुपर्ने प्रावधान रहेको उनले जानकारी दिए।
फ्रिक्वेन्सी इजाजतका लागि भने विभागले सम्पूर्ण कागजात संकलन गरी मन्त्रालयलाई सिफारिस गर्ने गर्ने गरेको उनले बताए। तर लाइसेन्स अनुमति नलिई वाकीटकी लगायतका रेडियो उपकरणहरु आयात, बिक्री वितरण तथा प्रयोग गर्ने कार्य तत्काल बन्द गर्न सबैलाई सचेत गराएको जानकारी दिए।
सामान्यतया सुरक्षा, आपत्कालीन सेवा र व्यावसायिक प्रयोजनका लागि वाकीटकी प्रयोग हुने गरेको इन्जिनियर दानकोटीले जानकारी दिए। विकट स्थानहरूमा वाकीटकी संचारको सबैभन्दा प्रभावकारी माध्यम मानिन्छ।
पर्वतारोहण, सुरक्षा र जलविद्युत आयोजना क्षेत्रमा यो संचार उपकरण निकै लोकप्रिय र प्रभावकारी छ। तर अनुमति लिने प्रक्रिया झन्झटिलो भएको प्रयोगकर्ताहरूको गुनासो छ।
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया