बिएल संवाददाता
छिमेकी मुलुक भारतको कास्मिरमा भएको मङ्गलवार आतंकवादीको आक्रमणमा मृत्यु भएका बुटवलका सुदीप न्यौपानेको शव आजै बुटवल ल्याएर अन्त्येष्टि गरिने भएको छ।
आमा बहिनी र ज्वाइँसहित घुमघामका लागि कास्मिर गएका बुटवलका युवा सुदीप न्यौपानेको उक्त हमलामा ज्यान गएको थियो। आतंककारीहरूले पर्यटकलाई लक्षित गर्दै गरिएको हमलामा उनी पनि मारिएका हुन्।
सुदीपको पार्थिव शरीर आज बिहान सुनौली नाका हुँदै नेपाल ल्याउन लागिएको हो। परिवार स्रोतका अनुसार पार्थिव शरीर आजै बिहान ७ः३० बजेसम्म बुटवलको कालिकानगरस्थित निवासमा ल्याइनेछ। आजै उनको अन्त्येष्टि गरिने कार्यक्रम रहेको पारिवारिक स्रोतले जनाएको छ।
अहिले सुदीपका काका तथा वडा अध्यक्ष दधिराम न्यौपानेसहित परिवारका अन्य सदस्यहरू शव बुझ्नका लागि सुनौलीमा छन्। घटना विवरण संकलन गर्न नेपाल प्रहरी तथा सम्बन्धित निकायहरूले समन्वय गरिरहेका छन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया