
बिएल संवाददाता
छिमेकी मुलुक भारतको कास्मिरमा भएको मङ्गलवार आतंकवादीको आक्रमणमा मृत्यु भएका बुटवलका सुदीप न्यौपानेको शव आजै बुटवल ल्याएर अन्त्येष्टि गरिने भएको छ।
आमा बहिनी र ज्वाइँसहित घुमघामका लागि कास्मिर गएका बुटवलका युवा सुदीप न्यौपानेको उक्त हमलामा ज्यान गएको थियो। आतंककारीहरूले पर्यटकलाई लक्षित गर्दै गरिएको हमलामा उनी पनि मारिएका हुन्।
सुदीपको पार्थिव शरीर आज बिहान सुनौली नाका हुँदै नेपाल ल्याउन लागिएको हो। परिवार स्रोतका अनुसार पार्थिव शरीर आजै बिहान ७ः३० बजेसम्म बुटवलको कालिकानगरस्थित निवासमा ल्याइनेछ। आजै उनको अन्त्येष्टि गरिने कार्यक्रम रहेको पारिवारिक स्रोतले जनाएको छ।
अहिले सुदीपका काका तथा वडा अध्यक्ष दधिराम न्यौपानेसहित परिवारका अन्य सदस्यहरू शव बुझ्नका लागि सुनौलीमा छन्। घटना विवरण संकलन गर्न नेपाल प्रहरी तथा सम्बन्धित निकायहरूले समन्वय गरिरहेका छन्।
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया