सोमबार, २८ जुलाई २०२५

पेरूमा डेल सोलार प्रधानमन्त्रीमा नियुक्त

News Image
तस्बिरः एपी
• • •

पेरूका राष्ट्रपति मार्टिन भिजकाराले कलाकारिता क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका साल्भाडोर डेल सोलारलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। साल्भाडोरले सन् २०१६ देखि २०१७ सम्म पेरुको संस्कृति मन्त्रालयको कार्यभार सम्हालेका थिए।

आमहत्या र मानव अधिकार उल्लङ्घनको जघन्य आरोपमा कारागारमा रहेका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरीलाई माफी दिने विषयमा सरकारमा विमति भएपछि उनले संस्कृति मन्त्रीको पदबाट राजीनामा दिएका थिए।

डेल सोलारका पूर्ववर्ती प्रधानमन्त्री सेजार भिल्लानुभाले गत साता राजीनामा दिएका थिए।

सन् १९७० मा जन्मनुभएका डेल सोलारमाथि मुलुकमा सुशासन कायम गरी भ्रष्टाचार नियन्त्रण तथा शान्ति सुव्यवस्था कायम गर्ने प्रमुख चुनौती रहेको छ।

मंगलबार, फाल्गुण २८, २०७५
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)