
बिएल संवाददाता
अमेरिकाकी वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई सत्तारुढ डेमोक्रेटिक पार्टीले आगामी राष्ट्रपति चुनावका लागि औपचारिक रुपमा उम्मेदवार चयन गरेको छ।
ह्यारिस भारतीय–अफ्रिकी मूलकी पहिलो महिला हुन्, जसलाई राष्ट्रपति पदका लागि मनोनयन गरिएको छ।
शुक्रबार उम्मेदवार छनोटका लागि भएको मतदानमा उनले सफलता पाएसँगै नोभेम्बर ५ मा हुने आमचुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको सामना गर्ने छिन्।
डेमोक्रेटिक पार्टीका अधिकांश प्रतिनिधिबाट उम्मेदवारी पाएको घोषणापछि ह्यारिसले अमेरिकाको राष्ट्रपतिका लागि डेमोक्रेटिक उम्मेदवार बन्न पाउँदा आफूलाई गर्व लागेको बताइन्।
उनले अर्को हप्ता औपचारिक रूपमा मनोनयन स्वीकार गर्ने पनि बताइन्। ह्यारिसकी आमा भारतीय अमेरिकी थिइन् भने उनका बुबा अफ्रिकी मूलका जमैकन थिए।
अगस्ट २२मा शिकागोमा हुने डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनमा औपचारिक रूपमा राष्ट्रपतिको उम्मेदवारी स्वीकार गर्ने जनाइएको छ। अबको केही दिनमा उनले उपराष्ट्रपतिको उम्मेदवार घोषणा गर्न सक्नेछन्।
यस्तै ट्रम्पले शुक्रबार आफ्नो सम्भावित डेमोक्रेटिक प्रतिद्वन्द्वी उपराष्ट्रपति कमला ह्यारिससँगको बहसमा भाग लिने वा नलिने भन्ने निर्णय नगरेको बताएका छन्।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया