बुधबार, २८ अक्टोबर २०२६

पार्टीमा आवद्ध ३ जना सरकारी कर्मचारीलाई कारबाही गर्न रास्वपाको सिफारिस

News Image
• • •

रास्वपाले आफ्नो पार्टीमा आवद्ध भएका ३ जना सरकारी कर्मचारीलाई कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सम्बन्धित मन्त्रालयलाई सिफारिस भएको छ।

पार्टीमा परेको उजुरीका आधारमा आवश्यक कारबाहीका लागि ती उजुरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सम्बन्धित मन्त्रालयमा फर्वाड गरिएको हो।

‘सार्वजनिक संस्थाको जागिरमा रहेर राजनीतिक दलमा जिम्मेवारी लिएको विषयमा प्राप्त उजुरीमा कानुनी कारबाहीका लागि सम्बन्धित मन्त्रालयमा सिफारिस गरिएको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

रास्वपा स्रोतका अनुसार तीनैजना कर्मचारीहरू काठमाडौंमै कार्यक्षेत्र रहेका छन्। तर उनीहरू कार्यरत संस्थानको नाम भने खुलाइएको छैन।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!