बिएल संवाददाता
नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ।
शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले इन्डियन आयल कर्पोरेसनबाट शनिबार प्राप्त नयाँ खरिद मूल्यसूची अनुसार डिजेल र मट्टितेलको मूल्य समायोजन गरेको हो।
इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको भाउ बढेर आएपछि निगमले साविकको बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गर्ने निर्णय गरेको हो।
आईओसीबाट डिजेलमा प्रतिलिटर ४ रुपैयाँ ६६ पैसा बढेर आए पनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै प्रतिलिटर ३ रुपैयाँ मात्र बढाइएको निगमले जनाएको छ।
आईओसीबाट एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ४५ रुपैयाँ ४९ पैसाले बढेर आए पनि निगमले हाललाई ग्यासको बिक्री मूल्य भने यथावत राखेको छ।
त्यस्तै हवाई इन्धनको मूल्य घटाएर (आन्तरिक)तर्फ प्रतिलिटर १ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर ७ अमेरिकी डलरले मूल्य घटाइएको छ।
समायोजन भएको मूल्य शनिबार मध्यरात (आइतबार १२ बजे)देखि लागू हुनेछ।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया