बिएल संवाददाता
प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अशोक शेरचनले राजीनामा दिएका छन्। सीआईबीले पक्राउ गरेपछि उनलाई सञ्चालक समितिले उनलाई निलम्बन गरेको थियो।
सञ्चालक समितिले निलम्बन फुकुवा गरेलगत्तै शेरचनले आइतबार राजीनामा दिएका हुन्।
विभिन्न बैंकिङ कसुर र बैंकलाई हानीनोक्सानी पुर्याएको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले शेरचनलगायत पक्राउ गरेको थियो।
उच्च अदालत, पाटनले बयान प्रक्रिया चाँडो सकेर रिहा गर्न आदेश दिएपछि उनी हाजिरी जमानीमा छुटेका थिए। हिरासतमुक्त भएपछि निलम्बन फुकुवा भएका शेरचनले पदबाट राजीनामा दिएका हुन्।
शेरचनले राजीनामा दिएपछि प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन्।
मंगलबार बसेको बैंक सञ्चालक समिति बैठकले बैंकर शर्मालाई चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। उनी यसअघि सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया