‘सबैखाले हेपाटाइटिसको उपचार नेपालमै सम्भव छ’
हेपाटाइटिसका बारेमा मानिसहरु धेरै जानकार छैनन्। चासोको विषय पनि ठानिरहेका छैनन्। सरकार पनि यसबारेमा त्यतिधेरै गम्भीर भएजस्तो लाग्दैन्। तर कम विकसित मुलुकहरुमा ढल र पानीको व्यवस्थापन राम्रोसँग नभएकाले मानिसहरु कलेजो सम्बन्धी रोगबाट पीडित भइरहेका छन्। खासगरी बर्खायाममा भाइरल हेपाटाइटिस ‘ई’ र भाइरल हेपाटाइटिस ‘ए’ जसलाई साधारण भाषामा जन्डिस भनेर बुझ्छौँ। जन्डिसको समस्या विशेषगरी बर्खायाम बढी देखिन्छ।
बिएल संवाददाता - काठमाडाैँ