बिएल संवाददाता
प्रभु बैंकसँग जोडिएको मुद्धामा सीआईबीले अनुसन्धान थालेपछि अनुसन्धानको राडारमा रहेका अर्बिट कन्सल्टेन्सीका सञ्चालक सुनिल रेग्मी शक्तिकेन्द्र धाउन थालेका छन्।
शैक्षिक कर्जा स्वीकृतीमा प्रभु बैंकका उच्च अधिकारीहरूसँग मिलेर अर्बिटले बैंकलाई प्राप्त हुने सेवा शुल्क बाँडफाँट गरी बैंकलाई हानी नोक्सानी पुर्याएको भन्दै सीआईबीमा उजुरी परेको थियो।
उक्त प्रकरणमा सीईबीले सुक्ष्म अनुसन्धान सुरु गरेपछि उनी यतिबेला मास्क लगाएर अदालत र शक्तिकेन्द्र धाउन थालेका हुन्।
उच्च अदालत स्रोतका अनुसार उनी यतिबेला ‘मुद्धा मिलाइदिनुपर्यो’ भन्दै अदालतका कर्मचारीहरूलाई प्रलोभन देखाउन थालेका छन्।
‘मुद्धा के हो भनेर बुझ्न अर्बिटबाट मान्छे यता आउने जाने गर्दै हुनुहुन्छ, सायद प्रलोभनमा पार्न सकिन्छ कि भनेर हुनसक्छ,’ अदालत स्रोतले भन्यो।
प्रभु बैंकको शाखा कार्यालय कमलादीमा पुतलीसडकमा रहेको अर्बिट मेडिकल इन्ट्रान्स प्रिपेरेसन सेन्टरलाई प्रतिनिधि नै राख्न दिएर गोप्य राख्नुपर्ने बैंकिङ कारोबारमा अनाधिकृत पहुँच दिएको पाइएको थियो।
गत साता बीएल नेपाली सेवासँग कुराकानी गर्दै रेग्मीले बैंकसँग सम्झौता गरेरै विद्यार्थीहरू रिफर गर्ने गरेको दाबी गरेका थिए। ‘कन्सल्टेन्सीहरूकै सहजीकरणका कारण बैंकहरू फाइदामा रहेको’ उनको दाबी थियो। उनले बैंकमा प्रतिनिधि राखेको अस्वीकार गरे।
उनले भनेका थिए, ‘हामीलाई सबै बैंकले दिन्छन् कमिसन। हामीले विद्यार्थी पठाइदिएपछि बैंकले कमाउँछ अनि हामीलाई दिन्छ। त्यही हो कुरा। सबै बैंकले सबै कन्सल्टेन्सीलाई यसरी नै दिन्छन्।’
आफूले गैरकानुनी काम नगरेको दाबी गर्ने रेग्मी यतिबेला आफैं फस्ने भएपछि मुद्धा मिलाउन सक्रिय देखिएका छन्।
यो प्रकरणमा सीआईबीले अनुसन्धान थालेपछि प्रभु बैंकमा पनि हलचल नै मच्चिएको छ। अर्बिटसँग सम्झौता गर्न सीईओ शेरचनसहित बैंकका उच्च अधिकारीहरूको मिलेमतो रहेको खुलेको छ।
सीईओसहित तीन उच्च अधिकारीविरुद्ध सीआईबीले छानबिन गरे पनि संलग्न अन्य अधिकारीहरू अहिले पनि बैंकमै कार्यरत छन्।
स्रोतका अनुसार सीईओ शेरचन पक्राउ परेसँगै फरार रहेकी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्तलाई पनि उनै अर्बिटका सञ्चालक रेग्मीले ‘म मिलाइदिन्छु’ भन्दै बैंकमा हाजिर गराएका थिए। सीईओ शेरचनसँग निकट सम्बन्ध रहेकी उनी बैंकको विभिन्न अपचलनमा मुछिएकी छन्।
सीआईबी स्रोतका अनुसार बैंकलाई हानी नोक्सानी पुर्याएर आपराधिक लाभ लिने सबै कर्मचारी अनुसन्धानको दायरामा तानिनेछन्।
शैक्षिक कर्जा स्वीकृत र स्वदेश र विदेशका निकायमा बुझाउनुपर्ने फी वापतको रकम विद्यार्थीले अनलाइन भुक्तानी गर्दा प्राप्त हुने कमिसन सोझै बैंकको खातामा आउनुपर्नेमा अर्बिटको नाममा बुक गरी बैंकको आम्दानीको रुपमा रहेको बैंक कमिसन बाँडीचुँडी हिनामिना गरेको पाइएको छ।
बैंक स्रोतका अनुसार विद्यार्थीले ५ सय डलरमाथिको कारोबार गरेमा कन्सल्टेन्सीले ५ सय रुपैयाँ कमिसन पाउने सम्झौता गरिएको छ। जुन बैंकले सिधा आम्दानी हो।
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया