बिएल संवाददाता
अमेरिकाले अनिश्चितकालका लागि डाइभर्सिटी भिसा (डीभी) लट्री कार्यक्रम स्थगित गरिदिएको छ । कार्यक्रम स्थगन भएसँगै विश्वका हजारौ मानिससँगै नेपालीहरूको पनि अमेरिकी सपना ऐठनमा परेको छ ।
डिसेम्बर १३ साँझ ब्राउन विश्वविद्यालयमा भएको एक गोली काण्डमा दुईजनाको हत्या र नौ जना घाइते भएपछि होमल्याण्ड सेक्रेटरी क्रिस्टी नोयमले तुरून्तै यो कार्यक्रम स्थगित गर्ने आदेश दिएकी थिइन् । घटनामा डीभी लट्रीमार्फत् अमेरिकी नागरिक भएका पोर्चुगाली युवा क्लाउडियो नेभेज भ्यालेन्टीले गोली चलाएका थिए ।
यो घोषणासँगै सन् २०२५ को डाइभर्सिटी भिसा प्रक्रिया पनि अवरूद्ध हुन पुगेको छ । अमेरिकी डिपार्मेन्ट अफ स्टेटले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको आग्रहमा डीभी विजेताका लागि तय भैसकेका अन्तर्वार्ता समेत रद्द गरिदिएको छ ।
नेपाल पनि सुरूदेखि नै डाइभर्सिटी भिसा (डीभी) लट्री कार्यक्रमको सूचीमा रहदैआएको छ । यसबाट वर्षेनी हजारौ नेपाली अमेरिका पुग्दैआएका छन् । सन् २०२५ मा पनि तीन हजार आठसय ३१ नेपालीलाई डीभी लट्री परेको थियो । केही नेपालीको अन्तर्वार्ता पनि भैसकेको थियो भने केही नेपालीहरू अन्तर्वार्ताको पालो पर्खिरहेका थिए । तर, ट्रम्प प्रशासनको यो पछिल्लो निर्णयसँगै अब उनीहरूको सारा प्रक्रिया पनि यथास्थितिमा रोकिएको छ ।
अमेरिकी पहिला भन्ने नाराका साथ उग्र आप्रवासी विरोधी चुनावी क्याम्पेन चलाएर राष्ट्रपतिमा विजयी ट्रम्प सुरूदेखि नै कुनै न कुनै बहानामा डाइभर्सिटी भिसा कार्यक्रम बन्द गराउन चाहन्थे । त्यसका लागि मास सुटिङको यो घटना गतिलो बहाना बन्न पुगेको मात्र हो ।
यो घटना आफैंमा एक घृणित कार्य भएकाले अमेरिकाको आप्रवासीमैत्री राजनीतिक दल डेमोक्रेटिक पार्टी, त्यसका नेताहरू र यसको पक्षपोषण गर्ने नागरिक समाजले पनि यो निर्णयको विरोध गर्ने नैतिक धरातल गुमाएका छन् । डी भी कार्यक्रम बन्दको अप्रत्यासित घोषणापछि पनि छाएको सन्नाटा त्यसैको परिणाम हो ।
नेपालीमा एउटा लोकप्रिय भनाइ छ, एउटा बिराउने, शाखा पिराउने । एकजना डी भी लट्री बिजेताले गरेको यो जघन्य अपराधका कारण पुरै डी भी कार्यक्रम नै दण्डित हुन पुग्नु त्यसैको प्रमाण हो । यो घटनासँगै डीभी लट्रीबाट अमेरिका पुगेकाहरू सामुहिक घृणाको कित्तामा पारिएका छन् । परिस्थिति यस्तो बनेको छ कि कोही पनि व्यक्ति आफू डीभी लट्रीबाट अमेरिका पुगेका भन्न सक्ने अवस्थामै छैनन् ।
यो कार्यक्रम अन्तगर्त हरेक वर्ष विश्वका विभिन्न देशका ५५ हजार मानिस वैधानिक रूपमा अमेरिका प्रवेश गर्दैआएका छन् । सुरूमै सपरिवार ग्रीनकार्ड प्राप्त हुने यो कार्यक्रम अमेरिकी नागरिक हुने सबैभन्दा सहज र भरपर्दो उपाय मानिन्छ । यो कार्यक्रम अमेरिका आप्रवासनको दर कम भएका देशका नागरिकलाई लक्षित गरी थियो।
अमेरिकी संसदले सन् १९९० मा कानून पारित गरेर १९९४ बाट सुरू गरेको यो कार्यक्रमको पछिल्लो समय विरोध पनि हुँदैआएको छ । खासगरी अति अमेरिकावादी रिपव्लिकनहरू यो कार्यक्रम नै बन्द गर्ने पक्षमा छन् । केही वर्षयता चुनावी एजेण्डा नै बन्दैआएको यो कार्यक्रम राष्ट्रपति ट्रम्पको निशानामा छ । उनी समर्थक केही सांसदले कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिव्समा यो कार्यक्रम नै बन्द गर्ने विधेयक दर्ता गरिसकेका छन् ।
ब्राउन विश्विवद्यालयमा भएको घटनाले संसदमा विचाराधीन यो विधेयक पारित गर्न बल पुगेको छ । अब सुरू हुने कंग्रेस अधिवेशनमा विधेयक पारित नै भयो भने पनि अचम्म मान्नुपर्ने छैन ।
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया