बिएल संवाददाता
नेपालका लागि अमेरिकी राजदूत डीन आर. थम्पसन फिर्ता बोलाइएका छन् । कार्यकाल बाँकि रहदै ट्रम्प प्रशासनले उनलाई बीचैमा फिर्ता बोलाएको हो ।
राजदूत थम्सनलाई राष्ट्रपति बाइडेनले नियुक्त गरेका थिए । उनले ततकालिन नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष २०७९ कात्तिक ४ गते ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेर आफ्नो विधिवत कार्यकाल सुरू गरेका थिए ।
२८ वर्षभन्दा लामो कूटनीतिक सेवामा रहेका थम्प्सन करिअर डिप्लोम्याट हुन् । उनी नेपालका लागि अमेरिकी राजदूतमा नियुक्त हुनुअघि दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी ब्यूरोमा कार्यवाहक सहायक मन्त्री थिए ।
घुम्नमा शौखिन राजदूत थम्पसनले छ महिनाको अवधिमा नेपालका सातै प्रदेश घुमेर हिमाल, पहाड र तराईको भूगोल, जनजीवन र संस्कृतिसँग नजिकको साइनो गाँस्न सफल भएका थिए ।
राजदूत थम्पसन जहाँ जहाँ पुगेका छन्, त्यहाँका बारेमा आफ्नै शैलीमा बोलेका मात्र छैनन्, ती परिवेश समेटेर उनी स्टाटस पनि लेखेका छन्। उनले पोस्ट गरेका भिडियो हेरेर हजारौ पर्यटक नेपाल आएका छन् । यसबाट नेपालको पर्यटन पर्वर्द्धनमा ठूलो टेवा मिलेको थियो ।
नेपाल र नेपालीका सच्चा मित्र राजदूत थम्पसनको फिर्तालाई राष्ट्रपति ट्रम्पले नेपाल नीतिलाई आफ्नो सोचअनुसार अगाडि बढाउन चाहेको संकेतका रूपमा बुझ्नुपर्ने अनुमान गरिदैछ ।
दक्षिण एसियाबाट फिर्ता बोलाइएका थम्पसन एक्लो राजदूत हैनन्, उनीसँगै श्रीलंकाका लागि अमेरिकी राजदूत पनि फिर्ता बोलाइएका छन् ।
राष्ट्रपति ट्रम्पले पछिल्लो पटक थम्पसनसहितच २९ देशका राजदूतलाई एकसाथ फिर्ता बोलाएका हुन् । 'अमेरिका पहिला' को ट्रम्प नीतिलाई अगाडि बढाउने प्रतिवद्धतामाथि आशंका उठेपछि उनीहरूलाई फिर्ता बोलाइएको बताइएको छ ।
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया