शुक्रबार, ०३ अप्रिल २०२६

अमेरिकाबाट जनवरीमा १०१ नेपाली देश निकाला

बिएल संवाददाता

बिएल संवाददाता

वासिङ्टन डीसी
News Image
अमेरिकाबाट डिपोर्ट गरिदैँ एक आप्रवासी - तस्विर सौजन्य: बोर्डर रिपोर्ट
• • •

अमेरिकाबाट देश निकाला (डिपोर्ट) हुने नेपालीको संख्याले नयाँ कीर्तिमान बनाएको छ । एकै महिनामा १०१ नेपाली डिपोर्ट गरिएपछि २०२६ को जनवरी महिनाले यो कीर्तिमान बनाएको हो । यो पछिल्लो कीर्तिमानी संख्यासँगै राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकालको पहिलो एक वर्षमा डिपोर्ट हुने नेपालीको संख्या ५८५ पुगेको छ ।

यसअघि २०२५ को डिसेम्बरमा ९८ नेपाली डिपोर्ट भएर एकै महिना डिपोर्ट हुने नेपालीको संख्याले नयाँ कीर्तिमान बनाएको थियो । त्यसअघि नोभेम्बरमा ८० नेपाली डिपोर्ट हुँदा पनि यस्तै कीर्तिमान बनेको थियो ।

अमेरिकी सरकारको आधिकारिक तथ्यांकअनुसार सन् २०२५ को जनवरीमा ६, फेब्रुअरीमा १८, मार्चमा ३२, अप्रिलमा २६, मेमा ५८, जुनमा ४२ , जुलाईमा १७, अगस्टमा १६ , सेप्टेम्बरमा ५३, अक्टोबरमा ३८, नोभेम्बरमा ८०, डिसेम्बरमा ९८ र जनवरीमा १०१ नेपाली अमेरिकाबाट डिपोर्ट भएको देखिन्छ ।

अमेरिकाबाट अहिले देश निकाला भैरहेका आप्रवासीहरुको संख्या हेर्दा यो खासै ठूलो संख्या हैन तर ८००० माइल टाढाबाट जुन भुक्तमान र रकम बुझाएर ‘अमेरिकी सपना’ पछ्याउँलै नेपालीहरू त्यहाँ पुगेर फर्कनुपर्ने हुन्छ, त्यो भने ऐठन लाग्ने खालकै हुनछ ।

यसरी डिपोर्ट हुने अधिकांश नेपालीले अमेरिका छिर्न  ८० लाखदेखि १ करोड रुपैयाँसम्म ऋण लिएर मानव तस्करलाई बुझाएका हुन्छन् । ऋणको बोझ र टुटेको सपना लिएर बाँच्न कति असहज हुन्छ, त्यसको पीडा नाप्ने शायदै कुनै यन्त्र अविष्कार भएको हुनुपर्छ ।   

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!