बिएल संवाददाता
तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेर जबराले दशकौंअघि नेपालमा अन्त्य गरेको ‘दास प्रथा’ नेकपा एमालेभित्र एकाएक चर्चामा छ। पार्टी कमिटी वा संरचनामा दास प्रथा कायमै रहेको चर्चाचाहिँ एमालेको युवापंक्तिबाटै भइरहेको हो।
यो बहसको सुरुवात एमालेनिकट अनेरास्ववियुकी पूर्वसचिव आरती भट्टराईले सामाजिक सञ्जालमार्फत् गरेकी छन्। उनी लेख्छिन्– ‘नेपालमा दास प्रथा वि.स. १९८१ मै अन्त्य भएको हो। तर, एमाले पार्टीमा कमरेड शंकर पोखरेल रहुन्जेल अन्त्य नहुने भो?’ युवा नेतृ भट्टराईले नामै उल्लेख गरेका शंकर पोखरेल पार्टीका शक्तिशाली महासचिव हुन्।
उनको कार्यशैलीप्रति एमालेको ठूलो पंक्ति असन्तुष्ट छ। त्यसो त ‘दास प्रथा’को बहसचाहिँ एमाले संसदीय दलको नेताका लागि दाबी गरिरहेका युवा नेता सुहाङ नेम्वाङले समर्थक र प्रस्तावकसमेत नपाएपछि सतहमा आएको हो।
हिरासतमा रहेका अध्यक्ष ओली र महासचिव शंकर पोखरेल उपाध्यक्ष रामबहादुर थापाको पक्षमा लागेपछि सुहाङले कसैको सहयोग पाएनन्। उनले स्वतन्त्र रुपमा समर्थक र प्रस्तावक नपाएका होइनन्। महासचिव पोखरेलको चलखेलपछि पाएका एक समर्थक र एक प्रस्ताव पनि गुमाए।
त्यसपछि, उपाध्यक्ष थापा दलको नेता निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ। उनी समानुपातिक सांसद हुन् भने सुहाङ इलामबाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।
युवापुस्ताको साथ र समर्थन पाइरहेका उनलाई संसदीय दलको नेता बन्ने प्रक्रियाबाटै बञ्चित गरेपछि महासचिव पोखरेलको चर्को आलोचना भइरहेको छ।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया