शनिबार, ०४ अप्रिल २०२६

प्रकाशशरण महतको दाबीः कांग्रेसले मात्र जनताको पक्षमा काम गर्छ

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले आफ्नो पार्टीले मात्र जनताको पक्षमा काम गर्ने दाबी गरेका छन्। 

नुवाकोट बेल्कोटगढीको फाँटापौवामा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले जनताको पक्षमा काम गर्ने पार्टी कांग्रेस मात्रै भएको दाबी गरेका हुन्। 

नयाँ भन्नेहरू सामाजिक सञ्जालमा मात्रै सीमित रहेको बताउँदै उनले भने, ‘नयाँ पार्टी  त कुन दुलोबाट आउँछ कहाँ हराउँछ थाहै हुँदैन। हाम्रा अन्य प्रतिस्पर्धी दलले पनि गर्न सक्दैनन्।’ 

आफ्नो पार्टी एकताबद्ध भएर चुनावमा होमिएको समेत उनले बताए। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!