बिएल संवाददाता
ज्यानसम्बन्धी कसुरमा पक्राउ परेका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामा राख्न दोस्रोपटक म्याद थप गर्ने तयारी गरिएको छ।
आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले दुवैजनालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।
पहिलोपटकको म्याद आज सकिँदैछ। लेखकको बुधबारबाट बयान सुरु भए पनि स्वास्थ्यमा समस्या देखिएर अस्पताल भर्ना भएका ओलीको अझै बयान लिइएको छैन।
लेखकलाई प्रहरीले महाराजगञ्जस्थित २ नम्बर गणमा हिरासतमा राखेको छ। ओली महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर बसेका छन्। लेखकलाई म्याद थपका लागि अदालत उपस्थित गराइँदैछ भने ओली अस्पतालबाटै भर्चुअल माध्यमबाट जोडिने छन्।
गत २३ र २४ भदौमा जेनजी आन्दोलनमा गैरकानुनी दमन गरेको अभियोगमा उनीहरूमाथि अनुसन्धान सुरु भएको छ।
जेनजी आन्दोलनको बेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री थिए भने कांग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए।
जेनजी आन्दोलनका घटनाबारे जाँचबुझका लागि बनेको गौरीबहादुर कार्की आयोगले उनीहरूमाथि कारबाही फौजदारी कसुरमा कारबाही अघि बढाउन सिफारिस गरेको थियो।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया