बिएल संवाददाता
नेकपा (एमाले)की नेत्री रामकुमारी झाँक्रीले राष्ट्रिय सभाको निर्वाचनमा लागेकाे खर्च विवरण सार्वजनिक गरेकी छन्।
सोमबार सामाजिक सञ्जालमार्फत उनले राष्ट्रिय सभा निर्वाचनमा २ लाख ३६ हजार रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेकी हुन्।
झाँक्रीले लुम्बिनी प्रदेशस्थित निर्वाचन आयोगको कार्यालयमा खर्चको विवरण बुझाएकी हुन्।
‘२०८२ माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्यको निर्वाचनमा म लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य पदको लागि उम्मेद्वार भएकोमा सो सम्बन्धमा मैले गरेको सम्पूर्ण खर्चको विवरण सार्जनिक गरेको छु,’ झाँक्रीले भनेकी छन्।
उनको सबैभन्दा धेरै खर्च गोष्ठी/ कार्यकर्ता परिचालनमा लागेको विवरणमा उल्लेख छ। जसमा एक लाख २० हजार खर्च भएको उल्लेख छ।
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया