बिएल संवाददाता
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक यिओललाई अदालतले जन्मकैदको सजाय सुनाएको छ।
सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टले उनलाई ‘मार्शल ल’ लागु गरेर देशलाई संवैधानिक संकटमा पारेको कसुरमा दोषी ठहर गर्दै अदालतले यो सजाय सुनाएको हो।
सन् २०२४ मा मार्शल ल घोषणा गरेका ६५ वर्षीय यिओलमाथि मार्शल ल घोषणासँग सम्बन्धित विभिन्न आपराधिक आरोपहरूमा गत अप्रिलदेखि नै मुद्दा चलिरहेको थियो।
न्यायाधीशहरूले बिहीबार सबैभन्दा गम्भीर आरोप ‘विद्रोहको नाइके’ भएको विषयमा यस्तो फैसला सुनाएका हुन्। उनले मार्शल ल घोषणा गरेर देशलाई संवैधानिक संकटमा पारेको र विद्रोहको नेतृत्व गरेकोमा उनलाई दोषी ठहर गरिएको हो। अभियोजन पक्षले भने उनको मृत्युदण्डको माग गरेको थियो।
मुख्य न्यायाधीश जी क्वी–यिओनले आजीवन कारावासको सजाय सुनाउँदै युनले कानुनी प्रक्रियाहरूको उल्लंघन गरेको र हिंसात्मक तरिकाहरूको सहारा लिएर राष्ट्रियसभालाई निष्क्रिय पार्ने तथा लोकतान्त्रिक मान्यताहरूलाई कमजोर पार्ने कोसिस गरेको बताए।
यिओलले ३ डिसेम्बर २०२४ को राति मार्शल ल घोषणा गरेका थिए। उनले संसद्लाई अपराधीहरूको अखडा भएको र बहुमतको प्रयोग गरेर उनको सरकारलाई कमजोर बनाइएको बताएका थिए।
उनले सबै राजनीतिक गतिविधिहरूमा रोक लगाएर सञ्चारमाध्यमहरूलाई सैन्य नियन्त्रणमा लिएका थिए। सैनिकहरूले राष्ट्रियसभा र राष्ट्रिय निर्वाचन आयोगमा छापा मारेका थिए।
जनताको आक्रोशले लगभग तुरुन्तै युनको मार्शल ल शासनलाई विफल तुल्याइदिएको थियो। टेलिभिजनमा युनको घोषणा देखिनेबित्तिकै नागरिकहरू राष्ट्रियसभातिर दौडिए र राष्ट्रपतिको आदेशमा संसद् कब्जा गर्न आएका सैनिकहरूको सामना गरे।
भीडले सैनिकहरूलाई मुख्य हल कब्जा गर्नबाट रोक्यो। जबकि सांसदहरूले मध्यरातमा भेला भएर उनको आदेशलाई खारेज गरिदिएका थिए।
६ घण्टापछि युनले आफ्नो आदेश नै फिर्ता लिनुपरेको थियो। तर, सत्ता कब्जा गर्ने उनको यस प्रयासले दशकौंपछिको सबैभन्दा ठूलो राजनीतिक संकट पैदा गरिदियो।
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया