बिएल संवाददाता
खोटाङमा १३ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सोलुखुम्बु थुलुङ दुधकोसी गाउँपालिका–१ स्थित दिक्तेल इंलिस बोर्डिङ स्कुलमा कार्यरत २४ वर्षीय शिक्षक रहेका छन्।
उनले फागुन ९ गते गृहकार्य सिकाइदिने बाहनामा छात्रालाई आफ्नै कोठामा बोलाएर जबरजस्ती करणी गरेको आरोप छ। त्यसपछि पनि उनले बालिकालाई तीन घण्टासम्म कोठामा थुनेर राखेको पीडित परिवारको भनाइ छ।
पीडित बालिका रुँदै कोठामा पुगेपछि मात्रै अभिभावकले घटनाबारे जानकारी पाएका थिए। त्यसपछि पीडित बालिकाका बुवा र काका पीडकको कोठामा पुगेर नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका थिए।
ती शिक्षकले गत मंसिरदेखि नै छात्रालाई केही सिकाउने बाहनामा बोलाउने र अश्लील गतिविधि गर्ने गरेको पीडित परिवारको भनाइ छ।
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया