बिएल संवाददाता
इरानी राष्ट्रपति मसूद पेजेश्कियानले युद्ध अन्त्य गर्न तीन सर्तहरू अघि सारेका छन्।
राष्ट्रपति पेजेश्कियानले रूस र पाकिस्तानका नेताहरूसँगको वार्तामा यस क्षेत्रमा शान्तिको लागि इरानको प्रतिबद्धता दोहोर्याउँदै अमेरिका–इजरायलविरुद्ध जारी युद्ध रोक्न विभिन्न सर्तहरू अघि सारेका हुन्।
उनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, ‘इजरायल र संयुक्त राज्य अमेरिकाले शुरू गरेको युद्ध अन्त्य गर्ने एक मात्र तरिका भनेको इरानको वैध अधिकारलाई मान्यता दिनु, युद्धमा भएको क्षतिको क्षतिपूर्ति दिनु र भविष्यमा हुने कुनै पनि आक्रमणलाई रोक्न बलियो अन्तर्राष्ट्रिय ग्यारेन्टी प्रदान गर्नु हो।’
मध्यपूर्वमा जारी तनावले विश्व अर्थतन्त्रमै नकारात्मक प्रभाव पारेको छ। इन्धन अभावले तेलको मूल्य ह्वात्तै बढेको छ। एकअर्काविरुद्ध आक्रमणले ठूलो भौतिक र मानवीय क्षति भएका छन्।
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया