आइतबार, ०५ अप्रिल २०२६

राजस्वका पूर्वमहानिर्देशक झलकराममाथि ७० लाख भ्रष्टाचार गरेको आरोप

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

अधिकारी राजस्व अनुसन्धान विभागको महानिर्देशक भएका बेला ७० लाख रुपैंया घुस लिएको अख्तियारको आरोप छ।

एच.के. इन्टरप्राइजेज भन्ने कम्पनीविरुद्ध राजस्व चुहावट गरेको आरोपमा विभागमा उजुरी परेको थियो। त्यसपछि मुद्दाबाट जोगिन उक्त कम्पनीका सञ्चालक श्रीकृष्ण श्रेष्ठले ७० लाख रुपैंया दिएको भेटिएको अख्तियारको दाबी छ। 

उक्त रकम विकास चापागाई, देवेन्द्र केसी, रविन्द्र लामिछाने लगायतको सल्लाहमा उनीहरुको खातामा राखिएको अख्तियारको दाबी छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!