आइतबार, ०५ अप्रिल २०२६

नागार्जुनबाट १ करोड १६ लाख नगदसहित दुई हुन्डी कारोबारी पक्राउ

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

 हुण्डी तथा क्रिप्टो कारोबारमा संलग्न २ जना १ करोड १६ लाखसहित पक्राउ परेका छन्।

पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–८ का २८ वर्षीय सागर गिरी र सोही ठाउँका २८ वर्षीय प्रमोद प्रसाद धिताल रहेका छन्।

उनीहरूको साथबाट  विभिन्न बैंकको विभिन्न व्यक्तिको नाममा रहेको चेक, विभिन्न व्यक्तिको नाममा काटेको २७ लाख ३० हजार रुपैयाँको चेक, विभिन्न व्यक्तिका नाममा रहेका एटीएम, नागरिकता, २ थान चारपाङ्ग्रे सवारी, दुई पाङ्ग्रे सवारी १ थान, सवारी दर्ता किताब ३ थान, विभिन्न कम्पनीका ६ वटा मोबाइल, ३१ थान सिमकार्ड, १ थान कम्प्युटर लगायतका जिन्सि सामग्री पनि प्रहरीले बरामद गरेको छ।

उनीहरूलाई जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!