बिएल संवाददाता
इजरायली र अमेरिकी हमलामा राष्ट्रिय सुरक्षा परिषद् प्रमुख अली लारिजानी मारिएपछि इरानले इजरायलको राजधानी तेल अभिबमा लक्ष्य गरेर मिसाइल प्रहार गरेको छ।
सोमबार इजरायलले गरेको मिसाइल आक्रमणमा लारिजानी मारिएका थिए। लगत्तै इरानले सुरक्षा प्रमुख मारिएको बदलामा मंगलबार बेलुकी तेल अभिबको घना आवादी रहेको ठाउँमा मिसाइल प्रहार गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
युद्ध सुरु भएयता मारिनेमा लारिजानीलाई सर्वोच्च नेता आयातोल्ला अली खामेनीपछिका सबै भन्दा उच्च अधिकारी मानिएको छ। खामेनी मारिएपछि युद्धको रणनीतिमा उनले नै काम गरिरहेका रोयटर्सले उल्लेख गरेको छ।
लारिजानीको हत्याको बदलामा इरानले इजरायलमा क्लस्टर वारहेड सहितको मिसाइल प्रहार गरेको हो। आकाशमै फुटेर एकैपटक धेरै ठाउँमा फैलिन सक्ने उक्त मिसाइलको प्रतिरोध गर्न कठिन हुने बताइन्छ।
मिसाइलको एउटा अंश तेल अभिबको रमत गानमा खस्दा वृद्ध दम्पत्तीको मृत्यु भएको रोयटर्सले जनाएको छ। उक्त इलाकामा केही घरहरूमा र सडकमा पार्किङ गरिएका केही सवारी साधनमा क्षति पुगेको अन्तर्राष्ट्रिय मिडियाहरूले तस्बिरहरू सार्वजनिक गरेका छन्।
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया