बिएल संवाददाता
शुक्रबार र शनिबार बिहानसम्मै पश्चिम नेपालका विभिन्न जिल्लाहरूमा ठूलो हावाहुरी र चट्याङसहितको वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार खासगरी लुम्बिनी र कोशी प्रदेशका जिल्लाहरूमा तीव्र हावाहुरी चल्नेछ।
विभिन्न जिल्ला प्रशासन कार्यालयले यसबाट ठूलो क्षति हुनसक्ने भन्दै सचेत रहन अपिल गरेका छन्। हावाहुरीसँगै वर्षासमेत हुने भएका कारण यसबाट ठूलै क्षतिको अनुमान गरिएको छ। हावाहुरीको वेग झन्डै ११९ किलोमिटर प्रतिघण्टाको हुने प्रक्षेपण छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार हाल सुदूरपश्चिम, लुम्बिनी, कर्णाली, लुम्बिनी र कोशी प्रदेशमा साधारणतया बादल लागेको छ। सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशका एक–दुई स्थानमा भने मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपात भइरहेको छ।
महाशाखाका अनुसार दिउँसो देशका अधिकांश स्थानमा बदली हुनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान, गण्डकी, लुम्बिनी र कोशी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी वर्षा वा हिमपात हुने सम्भावना छ।
त्यसैगरी, आज राति देशका अधिकांश स्थानमा बदली रहनेछ। कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका धेरै स्थानमा तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
हिमपात र वर्षा हुने पूर्वानुमान गरिएका स्थानका सर्वसाधारण, कृषिमा संलग्न हुने किसानका साथै ती भेगमा यात्रा गर्ने र यातायातका साधन सञ्चालनमा संलग्न सबैलाई महाशाखाले सावधानी अपनाएर आफ्ना नियमित गतिविधि सञ्चालन गर्न अनुरोध पनि गरेको छ।
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया