आइतबार, ०५ अप्रिल २०२६

तीन पूर्व प्रधानमन्त्रीमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु, परिवार पनि तानिन सक्ने

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
फाइल तस्बिर
फाइल तस्बिर
• • •

तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ।

पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)को सम्पत्ति छानबिनको प्रक्रिया अघि बढेको हो।

सम्पत्ति शुद्धीकरण विभागले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई पत्राचार गरेपछि सीआईबीले अनुसन्धान प्रक्रिया अघि बढाएको हो।

जेन-जी आन्दोलनका क्रममा घरमा आगजनी हुँदा देउवालगायत  प्रचण्डकी छोरी गंगा दाहालको घरमा रकम फेला परेको थियो। 

देउवा परिवारका सदस्यसहित उनको सचिवालयका केही व्यक्तिमाथि अनुसन्धान अगाडि बढाइएको छ भने प्रचण्डसँगै परिवारका केही सदस्यमाथि पनि अनुसन्त्रान गरिने भएकाे छ। 

 याेसँगै ओली र उनको सचिवालयका केही व्यक्तिमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गरिने भएको प्रहरीले जनाएकाे छ। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!