महेश चौलागाईं
जुम्लाको तातोपानी गाउँपालिका– १ राँकास्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक नरेन्द्रबहादुर महतसहित तीन जनाविरुद्ध छात्रवृत्ति रकम हिनामिना गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयले सोमबार दायर गरिएको आरोप पत्र अनुसार महतसहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलप्रसाद भट्टराई र लेखा सहायकविरुद्ध आर्थिक वर्ष २०७९/८० मा विद्यालयलाई प्राप्त एक लाख ४५ हजार ३५० रुपियाँ छात्रावृत्ति रकम हिनामिना गरेको आरोप लागेको छ।
महतले ०८० चैत २१ मा कक्षा १ देखि ५ सम्मका छात्राहरूलाई छात्रवृत्ति रकम एक हजार रुपैयाँको दरले ८३ जनालाई र कक्षा ६ देखि ८ सम्मका छात्राहरूलाई एक हजार चार सय ८५ रुपियाँ २३ पैसाका दरले ४४ जनालाई ६५ हजार ३५० रुपियाँ गरी जम्मा एक लाख ४८ हजार ३५० रुपियाँ वितरण गरेको भरपाई तातोपानी गाउँपालिकालाई पठाएको देखिएको छ।
विद्यालयलाई प्राप्त छात्रवृत्ति रकम सम्बन्धित छात्राहरूलाई वितरण गरेको नदेखिएको तथा प्रतिवादीहरूले एक आपसमा मिलेमतो गरी ०८० असोज २१ गते झुट्टा भरपाइ पुनः किर्ते गरी मिति ०८० चैत २१ मा छात्रवृत्ति वितरण गरेको अर्को झुट्टा भरपाई तयार गरेको पुष्टि भएको आयोगले जनाएको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुरमा उनीहरूविरुद्ध एक लाख ४५ हजार ३५० रुपैयाँ बिगो रकम कायम गरी कैद र जरिवानाको सजाय हुन मागदाबी लिइ सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया