शुक्रबार, २२ मे २०२६

न्यूयोर्कमा ‘नेपाल डे परेड' भव्य रूपमा सम्पन्न

बिएल संवाददाता

बिएल संवाददाता

न्यूयोर्क
News Image
• • •

न्यूयोर्कमा ‘नेपाल डे परेड' २०२६ भव्य तथा ऐतिहासिक रूपमा सम्पन्न भएको छ। 

न्यूयोर्कको म्यानहट्टनमा आयोजना गरिएको उक्त कार्यक्रममा हजारौं नेपालीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। 

यस महावाणिज्यदूतावासको प्रमुख संरक्षकत्व तथा एनआरएनए न्यूयाेक च्याप्टरलगायत विभिन्न नेपाली संघ–संस्थाहरूको संयुक्त आयोजनामा कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको हो।

कार्यक्रमको सभापतित्व एनआरएनए न्यूयोर्क च्याप्टरका अध्यक्ष वासु लामिछानेले गरेका थिए भने कन्भेनरका रूपमा एपी लामाले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

उनीहरूको नेतृत्व, समन्वय र सक्रियताले कार्यक्रमलाई व्यवस्थित र सफल बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको थियो। 

कार्यक्रमका प्रमुख अतिथि अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत श्री शरद राज आरन रहेका थिए। उनको उपस्थितिले कार्यक्रमलाई कूटनीतिक गरिमा प्रदान गर्नुका साथै विदेशमा रहेका नेपालीहरूलाई आफ्नो देशप्रति अझ नजिक हुन प्रेरित गरेको थियो। 

विशिष्ट अतिथिहरूमा महावाणिज्यदूत दधिराम भण्डारी, एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष सतेन्द्र साह तथा वरिष्ठ कानून व्यवसायीहरू केशवराज सेढाई र खगेन्द्र जि.सी. लगायतका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। 

उनीहरूको सहभागिताले कार्यक्रमको महत्व र गरिमा अझ बढाएको थियो। न्यूयोर्क आसपास बसोबास गर्ने नेपाली समुदायको यस्तो उल्लेखनीय सहभागिताले एकता, सहकार्य र आपसी सद्भावको सन्देश प्रवाह गरेको देखिन्थ्यो।

यस अवसरमा सहभागीहरूले नेपालको जातीय, भाषिक तथा सांस्कृतिक विविधतालाई जीवन्त रूपमा प्रस्तुत गरेका थिए। 

विभिन्न जातजातिका मौलिक भेषभूषामा सजिएर झाँकी, गीत तथा नृत्यमार्फत नेपालको पहिचान र समृद्ध संस्कृतिलाई विश्वसामु प्रस्तुत गरिएको थियो, जसले सबैको मन जित्न सफल भएको थियो। 

कार्यक्रमले नेपाली समुदायबीच एकता, पहिचान र गौरवको भावना अझ सुदृढ बनाएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!