सोमबार, १२ अक्टोबर २०२६

हत्या आरोपीसँग टिकटक बनाउने सशस्त्र प्रहरी जवान पनि तानिए अनुसन्धानमा

News Image
• • •

जनकपुरमा हत्या आरोपीसँग टिकटक बनाउने सशस्त्र प्रहरी जवान अनुसन्धानमा तानिएका छन्।

छुरा प्रहार गरेर हत्या गरेको आरोपमा पक्राउ परेका इर्साद खानसँग हिंसा प्रोत्साहन गर्ने तथा अभद्र टिकटक बनाएको आरोपमा सशस्त्र प्रहरी जवान ऋषि मण्डल अनुसन्धानमा तानिएका हुन्।

बिहीबार साँझ इर्सादको छुरा प्रहारबाट जनकपुरधाम उपमहानगरपालिका–५ का २४ वर्षीय आमिन साफीको मृत्यु भएको थियो। अर्का युवक २५ वर्षीय इम्तियाज राइन गम्भीर घाइते छन्।

इर्सादलाई सशस्त्र प्रहरी जवान मण्डलले केही महिना अघि रिल्स तथा टिकटक बनाएको भेटिएको छ। हत्या आरोपी इर्साद स्थानीय स्तरमा ‘गुण्डा’  उपनामले चिनिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

एपीएफ जवानसँग भिडियोमा इर्सादले खल्तीबाट खुकुरी निकालेर प्रदर्शन गर्दै अभद्र गाली गर्दै हिंसा गर्ने चेतावनी दिइरहेका सुनिन्छन्। सशस्त्र प्रहरी जवान मण्डलले त्यसलाई प्रोटेक्सन गर्दै गरेको गरेको देखिन्छन्। इर्सादले अन्य समुदायलाई लक्षित गरी हिंसा तथा सद्भाव बिगार्ने कयौं भिडियो रिल्स तथा टिकटक बनाएको प्रहरी अनुसन्धानमा खुलेको छ।

पहिलेदेखि नै बदनाम व्यक्तिसँग सम्बन्ध देखिएपछि एपीएफ जवान पनि अनुसन्धानमा तानिएका हुन्। उनलाई गणमा तानेर अनुसन्धान भइरहेको बताइएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!