बिएल संवाददाता
न्यूज २४ टेलिभिजनका वरिष्ठ संवाददाता जगन्नाथ दुलाल रामप्रसाद घिमिरे स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन्।
नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाले साधारणसभाकाे अवसर पारेर पत्रकार दुलाललाई सम्मानसहित पुरस्कृत गरेकाे हाे। दुलालले यसअघि राष्ट्रपतिबाट उत्कृष्ट युवा पत्रकारिता पुरस्कार प्राप्त गरेका थिए।
संसदीय मामिला र अदालती रिपोर्टिङमा दख्खल राख्ने पत्रकार दुलालले काराेबार दैनिक, बाह्रखरी डट कम, माउन्टेन टेलिभिजन, हिमालय टेलिभिजनमा वरिष्ठ संवाददाताका रूपमा काम गरिसकेका छन्।
हाल उनी न्यूज २४ दैनिकको राजनीति ब्यूराेमा वरिष्ठ संवाददाता र न्यूज २४ टेलिभिजनमा २४ टक नामक टक शाेका सञ्चालन हुन्।
न्यूज २४ टेलिभिजनमै कार्यरत रहँदा दुलाल मेलम्ची बाढीका बेला आफ्नै घरजग्गा खाेलाले बगाइरहेका बेला लाइभ रिपोर्टिङ गर्न पुगेका थिए।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया