बिएल संवाददाता
जुम्लामा वडा सदस्यले एक बालिकालाई बेपत्ता बनाएको भन्दै उजुरी परेको छ। गत माघ १० गतेदेखि बेपत्ता रहेकी ती बालिकाकी आमाले वडा सदस्यविरुद्ध प्रहरीमा उजुरी दिएकी हुन्।
बेपत्ता हुनेमा सिंजा गाउँपालिका-६ जोडु गाउँकी १४ वर्षकी रमिशा बुढा हुन्। रमिशाकी आमा बिस्नकली बुढाका अनुसार उनी भेडा चराउन गएको बेलादेखि नै बेपत्ता छिन्।
रमिशालाई गाउँपालिका-५ गोरा गाउँकी महिला वडा सदस्य पाल्ती रावलको समूहले बेपत्ता पारेको बिस्नकलीको आरोप छ। 'आफ्नो वनमा भेडा चराउन किन ल्याएको भन्दै छोरीलाई बेपत्ता पारे,' उनले भनिन्।
तीनवटा भेडा खोसेर छोरीलाई बेपत्ता पारिएको आमा बिस्नकलीको भनाइ छ। उनले नजिकैको शनिगाउँ प्रहरी चौकीमा छोरी बेपत्ता पारिएको भन्दै किटानी जाहेरी दिएकी छिन्।
एउटा खसीको मूल्य १५ हजार रुपैयाँ पर्ने रमिशाका बाजे अम्रिते रावतले बताए। रमिशा माध्यमिक विद्यालय जोडुमा कक्षा ७ मा अध्ययनरत छिन्।
शनिगाउँ प्रहरी चौकीका हवल्दार सुरेशप्रसाद भट्टले बालिकाकी आमाले दुई जनाको नाममा निवेदन दिएको बताए।
मुनुकली रावल र पाल्ती रावलको नाममा पीडितकी आमाले निवेदन दिएको उनले बताए। उनका अनुसार जिल्लामा रहेको महिला तथा बालबालिका सेललाई खोजतलासका लागि पत्राचार गरिएको छ।
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया