शनिबार, ०५ सेप्टेम्बर २०२६

अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार

News Image
• • •

माथिल्लो त्रिशूली–१ जलविद्युत परियोजनाको सुरुङबाट एक चिनियाँ नागरिकको उद्धार भएको छ।

नेपाली सेनाले उनको तस्वीर सार्वजनिक गर्दै उद्धार गरेको जानकारी दिएको छ। 

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार उद्धार गरिएका व्यक्ति चिनियाँ नागरिक लुहाइताओ हुन्।

भोटेकोशी बाढीले पुरिएको ११ औं दिनपछि उनको उद्धार भएको हो। उनलाई सुरुङको २२५ मिटरभित्रबाट उद्धार गरिएको सेनाले जनाएको छ।

२१६ मेगावाटको यो परियोजना निर्माणको काम चिनियाँ ठेकेदारले गरिरहेका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!