बिएल संवाददाता
अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले भारतको आन्तरिक मामिलाका बारेमा मुख खाेलेको छ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीका बारेमा अमेरिकाले आफ्नो धारणा सार्वजनिक गरेको हो।
अमेरिकी विदेश मन्त्रालयले केजरीवालको गिरफ्तारीलाई नजिकबाट नियालिरहेको बताएको छ। भारत सरकारलाई निष्पक्ष, समयसापेक्ष र पारदर्शी कानुनी प्रक्रियाका लागि प्रोत्साहन गर्नेसमेत बताएको छ।
अमेरिकी विदेश मन्त्रालयले भनेकाे छ, ‘हामी भारत सरकारलाई मुख्यमन्त्री अरविन्द केजरीवालका लागि निष्पक्ष, पारदर्शी र समयसापेक्ष कानुनी प्रक्रियाका लागि प्रोत्साहन गर्छौं।’
यसअघि दिल्लीका मुख्यमन्त्रीको गिरफ्तारीलाई लिएर जर्मनीबाट पनि प्रतिक्रिया आएको थियो। त्यसमा भारतले उचित जवाफ दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
जसअनुसार भारतले जर्मन दूतावासका उपप्रमुखलाई बोलाएर बयानसमेत लिएको थियो। तर, अमेरिकाकाे याे टिप्पणीमा भारतले अहिलेसम्म औपचारिक रूपमा कुनै प्रतिक्रिया दिएकाे छैन।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई मदिरा नीति घोटाला प्रकरणमा ईडीले मार्च २१ मा उनको निवासबाट पक्राउ गरेको थियो। उनी मार्च २८ सम्म केजरीवाल ईडीको हिरासतमा नै रहने छन्।
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया