बिएल संवाददाता
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले चक्रपथ सुधार आयोजनाको बोर्ड हराएकाे भन्दै सूचना जारी गरेका छन्।
उनले बुधबार सामाजिक सञ्जालमार्फत २०१५ मै सकिनुपर्ने काम २०२४ सम्म पनि नसकिएपछि महानगरले सो आयोजनाको जानकारी दिन बोर्ड राखेको जनाएका छन्। तर सो बोर्ड अहिले हटाइएपछि महानगरले प्रहरीमा बोर्ड हराएको निवेदनसमेत दिएको छ। यो आयोजना निर्माणको ठेक्का चिनियाँ निर्माण कम्पनीले लिएको छ।
बालेनले भनेका छन्-
२०१५ मा सक्नुपर्ने काम २०२४ लाग्दा समेत सकिएको छैन। छेउछाउका बासिन्दा, रिंगरोड प्रयोग गर्नेहरू मात्र होइन, त्यहाँबाट उड्ने धुलोले उपत्यका नै प्रताडित छ। स्थानीयले बोले, संघीय सांसदहरूसमेतले पटक पटक आवाज उठाए तर कसैको सुनिएको थिएन। कसैको दुख हेरिएको थिएन। काठमाडौँ महानगरपालिका भित्रको भएर हामीले पनि पटक पटक ध्यानाकर्षण गराउने र आफ्नो कार्यक्षेत्रभित्र पर्ने त्योसम्बन्धित कामहरू गरेर सहयोग गर्ने गरेका नै हौँ। तर निर्माण कार्य शंखेकिराको गतिमा रह्यो। त्यहि जानकारी दिन बोर्ड राखेका थियौँ।
त्यत्रो आवाज नसुन्ने र त्यत्रो दुख नदेख्ने निर्माणकर्ताहरूले ती १० फिट लामो र ५ फिट चौडा भएका बोर्ड चै देखेछन्। समय सकिएको ९ बर्षपछि पनि काम नसक्ने संस्थाले 'कथित अल्टिमेटमको समय' सकिने बित्तिकै बोर्ड निकालेर फ्यालेछन्। अनि आफ्नो देशमा १ दिनमा अस्पताल बनाउनेले कुटनैतिक नोट लेखेछ्न।
यहि नजर बर्षौँदेखि अलपत्र पारेर दुख थपेका र बजेट सकेका आयोजनामा पनि जाउन्। समय सकिने बित्तिकै काम गर्ने जाँगर त्यता पनि चलोस्।


नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया