बिएल संवाददाता
गुल्मीममा डुबेको अवस्थामा तीन वटा शव भेटिएका छन्। एक खोल्सामा र दुई शव बडीगाड खोलामा डुबेको अवस्थामा भेटिएका हुन्।
जिल्लाको सत्यवती गाउँपालिका– ६ का ४८ वर्षीय घनश्याम भण्डारी, मुसिकोट नगरपालिका– ४ आरुपाटाका २१ वर्षीय सन्दीप कुमाल र गुल्मीदरबार गाउँपालिका– २ घोरा उपल्लोखर्कका १२ वर्षीय प्रिन्स सारुको शव बडिगाड खोलामा फेला परेकाे हो।
भण्डारीको शव आइतबार बिहान सोही गाउँपालिकाको वडा नम्बर– ५ को हंसरास्थित रुम्दाखोल्सामा घोप्टो अवस्थामा फेला परेको हो।
मृतक भण्डारीका विगत लामो समयदेखि आफ्ना दाजुसँगै बस्दै आएका थिए। घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक अनिल थापाको कमाण्डमा प्रहरी खटिएको छ।
मृतकका श्रीमती, दुई छोरी, १ छोरासहित माइतीघर चितवनमा बस्ने गरेको प्रहरीले जनाएको छ।
सन्दीपको शव शनिबार साँझ ५ बजे ग्वादीका चौर नजिकै बडिगाड खोलामा फेला परेको छ। उपल्लाखर्कका प्रिन्सको शव आइतबार दिउँसो ११ बजे सोता बडिगाड खोलामा फेला परेको हो।
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया