बिएल संवाददाता
सरकारले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न समिति गठनको आवश्यकता नरहेको बताएको छ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउने क्रममा सञ्चारमन्त्री रेखा शर्माले यस्तो बताएकी हुन्।
गृहमन्त्रीमाथि उठेका प्रश्नको बारेमा प्रधानमन्त्रीले सदनमा र स्वयं गृहमन्त्रीले संसदीय समितिमा जवाफ दिइसकेकाले छानबिन आवश्यक नरहेको शर्माले बताइन्।
गृहमन्त्रीको राजीनामा माग गर्दै नेपाली कंग्रेसले निरन्तर संसद अवरुद्ध गर्दै आएको थियो। त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी प्रकरणमा रवि लामिछानेको कतै संलग्नता नदेखिएको जवाफ दिएका थिए।
त्यस्तै गृहमन्त्री लामिछानेले पनि यसबारेमा संसदीय समित तथा सार्वजनिक कार्यक्रमहरुमा निरन्तर जवाफ दिँदै आएका छन्।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया