बिएल संवाददाता
त्रिभुवन विश्वविद्यालयअन्तर्गत पत्रकारिता तथा आमसञ्चार विभागमा अध्ययन गरेका पूर्वविद्यार्थीहरुको भेलाले आज पूर्व ‘अल्मुनाइ’ गठन गरेको छ।
विभागका प्रमुख प्रा चीरञ्जीवी खनालको उपस्थितिमा भएको भेलाले माधवप्रसाद तिवारीको अध्यक्षतामा तदर्थ समिति गठन गरेको छ। समितिको उपाध्यक्षमा लीला भट्टराई, सचिवमा शन्तराम विडारी र कोषाध्यक्षमा पूर्णिमा पराजुली रहेका छन्।
यस्तै सदस्यहरुमा लोकेन्द्र केसी, हेलिमा राई, बाबुराम तिमल्सिना, सुनील पौडेल, प्रवीण पोखरेल, कुमारसिंह विष्ट, सौगात मिश्र, सोमप्रसाद डोटेल र सन्तोगा रोकाया रहेका छन्। अल्मुनाइ गठनका लागि विभागले उपप्राध्यापक डा जगत नेपाल, तिवारी र भट्टराई रहेको कार्यदल गठन गरेको थियो।
भेलामा विभागका प्रमुख प्रा खनालले पत्रकारिता अध्ययन गरेका पूर्वविद्यार्थीहरु विभिन्न सञ्चारमाध्यमका साथै देशदेशान्तरमा कार्यरत हुन पुगेको स्थितिमा अल्मुनाइ ती सबैलाई जोड्ने सेतु बन्न सक्ने बताए।
विश्वविद्यालयले २०५८ सालदेखि पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर, २०६७ सालदेखि विद्यावारिधि तथा २०७४ सालदेखि दर्शनाचार्य तथा विद्यावारिधि तहको अध्यापन प्रारम्भ गरेको छ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया