शुक्रबार, १४ नोभेम्बर २०२५

उपनिर्वाचन हुने क्षेत्रमा तीन दिन विद्यालय बन्द गर्नू, मदिरा नबेच्नू- निर्वाच आयाेग

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
फाइल तस्विर
• • •

निर्वाचन आयोगले वैशाख १५ गते उपनिर्वाचन हुने क्षेत्रमा तीन दिन विद्यालय बन्द गर्न सिफारिस गरेको छ।

उपनिर्वाचन हुने इलम- २ र बझाङको १(१) मा वैशाख १३ देखि १५ गतेसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको हो।

आयोगले उपनिर्वाचन हुने क्षेत्रका मतदानस्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरुको उपयोग गर्नुपर्ने भएकोले बिदा दिन सिफारिस गरेको जनाएको छ।

साथै आयोगले उपनिर्वाचन हुने क्षेत्रमा वैशाख २ गतेदेखि नै मत गणना सम्पन्न नभएसम्म मदिराजन्य पदार्थको बिक्री-वितरण रोक्न समेत सरकारलाई आग्रह गरेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!