बिएल संवाददाता
रक्षामन्त्री हरिप्रसाद उप्रेतीले श्रीमद्भागवत धर्म मात्रै नभएर विज्ञान पनि भएको बताएका छन्।
गोकर्णेश्वर नगरपालिका–४ संयुक्त अपांग एकता आवाज केन्द्रमा आजदेखि आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा श्रृंगारिक महाआरती २०८१ लाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
मन्त्री उप्रेतीले श्रीमद्भागवतमा पाँच हजार वर्ष पहिला लेखेका विषय अहिले पुष्टि भइरहेको बताए।
उनले भने, ‘पाँच हजार वर्ष पहिले हाम्रा ऋषिमुनीले पत्ता लगाएका कुरा अहिले पुष्टि भइरहेको छ, त्यसैले श्रीमद्भागवत धर्म मात्रै नभएर विज्ञान पनि हो, कलियुगमा हुने कुराका बारेमा जे लेखिएको छ, त्यो पुष्टि हुँदैछ।’
संयुक्त अपांग एकता आवाज केन्द्रमा रहेका ५७ जना अनाथ बालबालिकाको सहयोगका लागि मन्त्री उप्रेतीले आफुले सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाए।
यसैगरी संयुक्त अपांग एकता आवाज केन्द्रका अध्यक्ष तिलबहादुर कार्कीले संयुक्त अपांग एकता आवाज केन्द्रमा रहेका अनाथ बालबालिकाको खाना, बस्न तथा अन्य सहयोगार्थ सप्ताह ज्ञान महायज्ञ आयोजना गरिएको बताए।
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया