बिएल संवाददाता
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले तीन दशकका अभ्यासहरुलाई सच्याउन समय लाग्ने बताएका छन्।
सामाजिक सञ्जालमा लेख्दै गृहमन्त्री लामिछानेले कतारका अमिर आउने दिन आज सार्वजनिक बिदा दिएको विषयमा घुमाउरो किसिमले स्पष्टीकरण दिँदै विगतका कयौं निर्णय र परम्परालाई नीतिगत निर्णय गरी सच्याउनुपर्ने बताएका हुन्।
उनले यस्ताे भनेका छन्:
विगतका कयौँ निर्णय र परम्परा छन्, जसलाई नीतिगत निर्णय गरी सच्याउनुपर्छ। अनावश्यक विदा, 'भिआइपी सवारी' का नामको नागरिकले पाउने सास्ती, करोडौं खर्च गरेर दिइने पदक सम्मान, आम माफीका नाममा पहुँच वाला अपराधीलाई मात्र छुट, सुरक्षाकर्मी हरुलाई कामदार बनाउने परम्परा, केहि भुतपूर्वहरुलाई दिइँदै आएको अभुतपुर्व सुविधालगायतका तमाम विषयमा पदबाहल गरेको दिन देखि नै लगातार काम गरिरहेको छु। रिजल्ट आउँदैछ। तर विधि नै नफेरीकन कुनै व्यक्ति, देश वा घटना हेरेर फरक फरक निर्णय गरिनु कुटनैतिक, राजनैतिक र बैधानिक हिसाबले सहि हुन्न। जे कुरा हिजो गलत भनिएको थियो त्यो आजपनि गलत नै हो, हिजोका अभिव्यक्तिहरुको गोताखोरी गर्नै पर्दैन। तर तीन दशकका अभ्यासहरुलाई सच्याउन समय त लाग्छ। धेरै काम हुँदैछन्, थोरै धैर्य गरिदिनुभए पुग्छ।
विश्व अर्थराजनीतिमा नयाँ मानक स्थापित गर्दै रहेको, हाम्रा लाखौँ युवाहरूलाई रोजगारीको अवसर दिइरहेको र नेपालसँग ऐतिहासिक कुटनैतिक सम्बन्ध स्थापित भएको मित्र राष्ट्र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई नेपालमा ससम्मान स्वागत गर्दछु। लोकतन्त्रमा आफ्नो देशको नेतालाई नागरिकले आफ्ना कुरा मज्जाले भन्न पाउनुपर्छ। चासोका साथ प्रश्न र खबरदारी गरिदिनुहुने सबैप्रति आभार। लोकतन्त्र दिवसको सबैलाई शुभकामना।
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया