आइतबार, ११ जनवरी २०२६

सुदन किरातीकाे प्रष्टीकरण- अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौँ भन्ने मेराे जोड हाे

File Photo
• • •

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले क्रिश्चियनबारे दिएकाे अभिव्यक्तिकाे चाैतर्फी विराेध भएपछि प्रष्टीकरण दिएका छन्।

मन्त्री किरातीले बुधबार काठमाडाैँमा आयाेजित एक कार्यक्रममा दिएकाे धार्मिक अभिव्यक्तिकाे आलोचना भएपछि उनले प्रष्टीकरण दिएका हुन्।

उनले बहसको लागि सबैलाई धन्यवाद दिँदै अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौँ भन्ने आफ्नाे जोड भएकाे बताएका छन्।

संविधानलाई पालना गर्दै भातृत्व र सहिष्‍णुता कायम गर्न मन्त्री किरातीले आग्रह गरेका छन्। उनले आफू सबैको अभिभावक भएकाले सबै अस्तित्वको समान गर्ने प्रष्ट पारेका छन्।

‘भन्‍नलाई त मलाई पशुपतिनाथ सफा गर्दा हिन्दु भने, बौद्ध दर्शनको वकालत गर्दा बुद्धिष्‍ट भने, मुस्लिमको कार्यक्रममा जाँदा मुस्लिम भने, क्रिष्‍टियनको कार्यक्रममा जाँदा क्रिष्‍टियन भने, फेरिपनि भन्छु अहिले म सबैको अभिभावक हुँ त्यसैले सबै अस्तित्वको समान गर्छु र सबैले गरौँ। अन्तमा अर्काको अस्तित्वलाई स्वीकार गर्नु भनेको आफ्नो अस्तित्व सम्मानित हुनु हो’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!