बिएल संवाददाता
न्यून चापीय रेखाकाे प्रभावले आज र भाेलि (साउन २२ र २३ गते) भारी वर्षा हुने भएको छ।
भारी वर्षाले ३४ जिल्ला उच्च जोखिममा रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
उच्च जोखिममा रहेका जिल्लाहरूमा कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम छन् भने बाग्मती प्रदेशका रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, दोलखा छन्।
यस्तै गण्डकी प्रदेशका म्याग्दी, बाग्लुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ, गोरखा, लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, दाङ, बाँके, बर्दिया, प्युठान, अर्घाखाँची र रुकुम पश्चिम वर्षाको उच्च जोखिममा छन्।
यसैगरी सुदूरपश्चिम प्रदेशमा कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र बैतडी उच्च जोखिममा रहेको प्राधिकरणले सूचना जारी गरेर जानकारी दिएको छ।
दुई दिन भारी वर्षा हुने भएकाले रात्रिकालीन बस नचलाउन भनेको छ। भारी वर्षाको समयमा अति आवश्यकबाहेक बाहिर ननिस्कन, नदी किनारमा उच्च सतर्कता अपनाउन, दाउरा निकाल्न वा माछा मार्न नदी किनारमा नजान प्राधिकरणको आग्रह छ।

‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया