शुक्रबार, ०८ अगस्ट २०२५

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले ३० गते विश्वासको मत लिने

News Image
• • •

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले यही ३० गते बुधबार विश्वासको मत लिने भएका छन्।

मुख्यमन्त्री शाहले विश्वासको मत लिनेसम्बन्धी पत्र प्रदेशसभा सचिवालयलाई पठाएका छन्।

नेकपा एमालेको समर्थनमा साउन २० गते शाह दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका थिए।

सुदूरपश्चिम प्रदेशसभा कूल ५२ सदस्यीय रहेको छ। मुख्यमन्त्री शाहले कांग्रेसका १८, एमालेका १० र नाउपाका ७ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।

मुख्यमन्त्री नियुक्त भएकाे ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!