बिएल संवाददाता
ललितपुर महानगरपालिका–१९ मा आजदेखि सद्भाव मेला सुरु भएको छ। वडा नं १९ ले आयोजना गरेको सद्भाव मेला तीन दिनसम्मका लागि सञ्चालन हुनेछ।
सामाजिक सद्भावलाई बलियो बनाउनुका साथै उद्योग र पर्यटनलाई जोड दिने उद्देश्यले आयोजना गरिएको सद्भाव मेलाको ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले उद्घाटन गरेका हुन्।
वडा नं १९ अन्तर्गत पर्ने १३ चोकमा फरक–फरक विशेषताका साथ कार्यक्रम गर्ने वडाध्यक्ष राजेन्द्र महर्जनले जानकारी दिए। उनले भने, 'विशेषगरी पर्यटन र उद्योगलाई थप बलियो बनाउनका लागि मेलाको आयोजना गरेका हौँ, यसले सामाजिक सद्भावमा पनि ठूलो महत्व राख्ने छ।'
सद्भावका लागि आयोजना गरेको मेलामा मच्छिन्द्र बहालमा रातो मच्छिन्द्रनाथको रथ बनाउन प्रयोग गरिने विभिन्न काठको प्रदर्शनी, इतिटोलमा रातो मच्छिन्द्रनाथलाई काठमाडौँ उपत्यकामा ल्याउने राजा नरेन्द्रदेव, बन्धुदत्त आचार्य र ललित ज्यापूको मूर्ति, अग्निशालमा ज्यापू सङ्ग्रहालय लगायतको प्रदर्शनसमेत गरिने वडाध्यक्ष महर्जनले जानकारी दिएका छन्।
मेलामा स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै टोलको विशेषताअनुसार ऐतिहासिक महत्व बोकेका सामग्री प्रदर्शनी, स्थानीय कला संस्कृती समेतलाई ग्राहयता दिएर मेला सम्मपन्न गरिने बताइएको छ।
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया