बिएल संवाददाता
माेहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)निकट युवाहरूले सिंहदरबारभित्रै पसेर अर्धनग्न भएर प्रदर्शन गरेका छन्।
सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि उनीहरुले अर्धनग्न भएर प्रदर्शन गरेका हुन्।
साेही क्रममा प्रहरीले तीन जनालाई पक्राउ गरेकाे छ। अहिले उनीहरूलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ।
उनीहरूले शरीरमा ‘हत्या बन्द गर, भ्रष्टाचार अन्त्य गर, नाे एमसिसी’ जस्ता नारा लेखिएका पर्चा टाँसेका थिए। साथै उनीहरूले ‘शिक्षा, स्वास्थ्यकाे ग्यारेन्टी गर, राजगार दे, एमसीसी मुर्दावाद’लगायतका नारा लगाएका थिए।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया